२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटनको भव्य गाईजात्रा (तस्विरहरु)


३१ श्रावण २०७६, शुक्रबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
३१ साउन ०७६, ललितपुर । शुक्रबार राजधानीका काठमाडौं,भक्तपुर र ललितपुरमा गाईजात्रा भव्यताका साथ मनाइएको छ । यस बर्षभित्र मृत्यु भएका परिजनको सम्झना गर्दै टोल घुम्दै यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले कनाउने यो पर्वमा विशेष किसिमको पहिरन लगाइन्छ ।


ललितपुरको पाटनको टोलटोलमा झँकी सहित जाइजात्रा निकालियो । मंगलबजारस्थित दरवार परिसरमा विशेष रमझम थियो । पाटनको मंगलबजार सुन्धारा हुँदै गावाहाल पाटनढोकासम्म गाइजात्रा निकालिएको थियो ।


गाइृजात्रा ललितपुरको पाटनलगायत बुङ्गमति खोकना ठेचो सुनाकोठी चापागाँउ टिकाभैरव, लूभू लामाटार,ठैव बाँडेगाँउ र सिद्धिपुरलगायतका नेवारी बस्तीमा धुमधाम मनाइन्छ ।
मृत्यु भएका परिवारजनको नाममा गाई वा मानिसलाई गाईजस्तै बनाएर टोल टोल घुम्ने चलन छ । यसरी घुम्दा गाई जात्रा हेर्नेलाई गेडागुडी, फलफूल बाड्ने गरिन्छ ।

ङ्गमति खोकना ठेचो सुनाकोठी चापागाँउ टिकाभैरव, लूभू लामाटार,ठैव बाँडेगाँउ र सिद्धिपुरलगायतका नेवारी बस्तीमा धुमधाम मनाइन्छ ।
मृत्यु भएका परिवारजनको नाममा गाई वा मानिसलाई गाईजस्तै बनाएर टोल टोल घुम्ने चलन छ । यसरी घुम्दा गाई जात्रा हेर्नेलाई गेडागुडी, फलफूल बाड्ने गरिन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ३ : ५० बजे