८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा झिलिमिलि सडक बत्ती


३ भाद्र २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
३ भदौ ०७६, ललितपुर । ललितपुर महानगरपालिकाका सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ती) जडान का लागि नगरपालिकाले सम्झौता गरेको छ । नगरपालिकाले भारतीय कम्पनी क्रम्प्टन इन्टरनेशनल र नेपाली कम्पनी महावीर इन्टरनेशनल जेभीलेसँग १ वर्ष भित्र बत्ती जडान गर्ने गरी सम्झौता गरेको हो ।
सडक बत्ती पुल्चोक–ग्वार्कोको, कुपण्डोल–पाटनढोका–मंगलबजार, लगनखेल–धापाखेल, सानेपाका सडक, जावलाखेल–बुङ्मतीसम्म, कोपण्डोल–लगनखेलसम्म स्मार्ट बत्ती जडान हुनेछ ।
सडकबत्ती जडान गरेपछि रातको समयमा ललितपुरको सहरी क्षेत्र झलमल हुने हुँदा यात्रुलाई हिड्न सहज हुनेछ ।
स्मार्ट बत्ती जडानका लागि महानगरपालिकाले ५ करोड २० लाख खर्च गर्ने महानगरपालिकाका प्रवत्ता राजु महर्जनले बताए । यस किसिमको स्मार्ट बत्तीले ५० प्रतिशतसम्म विजुलीकम खपत हुने उनको भनाई छ । उनले भने, ‘कम्प्युटर प्रणलीबाट टाइमर प्रयोग गरि बल्ने र निम्ने समय किटान गरेपछि सधै स्वचालित रुपमा बत्ती निभ्ने र बल्ने गर्छ ।’यस्तो खाले बत्ती जापान, चीनलगायतका देशमा प्रयोगमा छन् ।
इस्तो किसिमको समार्टबत्ती पहिलो पल्ट नेपालमा बाल्न लागिएको हो । यो सडक बत्ती राजधानीका विभिन्न्न ठाँउमा राखिएको बत्ती भन्दा ज्यादा उज्जयालो हुने महारपालिको भनाई छ ।
सडकबत्तीको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने छ । स्मार्ट बत्ती पाटन दरवार क्षेत्रलगायतका सम्पदा क्षेत्रमा पनि राख्ने योजना महानगरपालिmकाको छ । महानगरपालिकाले स्मार्ट बत्ती जडानका लागि जम्मा ८ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ०६ बजे