१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजतन्त्र पुनःस्थापना हुन सक्ने ः चित्रवहादुर केसी


४ भाद्र २०७६, बुधबार  

0
Shares


४ भदौ ०७९, काठमाडौं । जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सही काम गर्न नसकेको आरोप लगाउदै नेपालमा राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा औंल्याएका छन् । अध्यक्ष केसीको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘कतिपय कार्यमा त्यो असफल पनि भएको छ । सरकारप्रतिको असन्तोषको कारणले स्वयं गणतन्त्रप्रति पनि विरोध बढेर जाने सम्भवाना छ ।’
बुधबार रिपोर्टर्स क्लब नेपालमा पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रिय कार्यसमिति बैठकले देशको राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक स्थितिको बारेमा मूल्यांकनबारे निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो खतरा औंल्याईएको हो ।
राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको हो । पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुले समेत धर्मनिरपेक्षताको विरोध गरेको कुरा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ,‘यदि धर्मनिरपेक्षता समाप्त भयो भने नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा छ । तर, जनताको संगठित आवाजबाट प्रतिगमन दोहोरिन नदिन हामी प्रतिबद्ध छौं ।’
कतिपय वामपन्थी दलहरुको गणतन्त्र र संविधानको विरुद्धका नीति र गतिविधिले प्रतिगमनलाई नै मद्दत पुग्ने राष्ट्रिय जनमोर्चाको विश्वास छ । उसले संघीयताले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौम सत्तामाथि नै खतरा रहेको पनि औंल्याएको छ ।
भ्रष्टाचार, महँगी, करवृद्धि, तराईमा भएको शोषण मजदुर, किसानका समस्याहरु पनि विकराल बन्दै गएको उसको ठम्याई छ । जारी विज्ञप्ती ‘देशको अर्थतन्त्र झन–झन बिग्रदै गएको छ । सामाजिक न्याय पनि छैन् । अतः गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि र भ्रष्टाचार, महँगी, विभिन्न जनवर्ग तथा समूदायहरुको हकहितका लागि संघर्ष गर्नुपर्ने राष्ट्रिय आवश्यकत्ता भएको छ ।’ उल्लेख छ
पार्टीले लिएका नीतिहरु सही रहेको अध्यक्ष केसीले बताए । उनले भने,‘त्यसअनुसार देशको राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न पार्टीको संगठनात्मक अवस्थालाई अरु बढि सवल बनाउन आवश्यक छ । हाम्रो पार्टीप्रति जनताको ठूलो अपेक्षा र सहानुभुति रहेको छ । त्यसलाई हामीले संगठनात्मक र राजनीतिक शक्तिका रुपमा बदल्नुपर्छ । हामीले संगठन विस्तारका कार्यक्रमहरु बनाएका छौं ।’
भदौदेखि चैत्रसम्मका संघर्षका कार्यक्रमहरु सार्वजनिक
पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतालगायत समस्याका सवालमा संघर्ष गर्ने उल्येख छ ।
पार्टीले प्रचार, संगठन र संघर्षका कार्यक्रमहरु आजैबाट सुरु भई चैत्र मसान्तसम्म समापन हुनेपनि जानकारी दिइएको छ । विज्ञप्तीमा जनाईएअनुसार भदौ महिनामा सबै प्रदेश समन्वय समिति र जिल्ला समितिहरुको बैठक बस्ने, असोज १० गते ७ वटै प्रदेशहरुमा प्रदेशस्तरका सभाहरु आयोजना गर्ने, असोज ११ गतेदेखि कार्तिक महिनाभर प्रचारात्मक कार्यहरु गर्ने, मंसिर महिनाभरि संघर्षको तयारी सम्बन्धी काम र उपनिर्वाचन हुने ठाउँमा निर्वाचनसम्बन्धी काम गर्ने, पुष महिनाभरि घनिभूत संघर्षका कार्यक्रमहरु गर्ने, माघ महिनाभरि संगठनात्मक तयारीका कार्यहरु गर्ने, फागुन महिनाभर पार्टीको संगनात्मक अभियानका कार्यक्रम सञ्चालन गर्ने र चैत्र महिनाभर अखिल नेपाल किसान महासंघको संगठनात्मक अभियानका कार्यक्रमलाई सहयोग गर्ने रहेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : २१ बजे