१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


छहारीमा मानबता दिवस


४ भाद्र २०७६, बुधबार  

0
Shares

४ भदौं ०७६, काठमाडौं । मानबअधिकारको लागि महिला एकल महिला समुहको आयोजना विभिन्न संसथाहरकको सहयोगमा बिश्व मानबता दिवसको अवसरमा काठमाडौंका. बुढानिलकण्ठस्थित छहारी भवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । महिला संजालहरुले गरेको मानब उद्दारमा चेतना फैलाउने तथा मानब उद्दारमा सहभागी भएका महिलाहरु कामको प्रोत्साहन तथा काम गर्ने बेलामा आएका समस्या र चुनौतिहरुको एक आपसमा साटासाट गर्ने उद्देश्यका साथ अन्तक्रिया आयोजना गरिएकको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिब शम्भु क्षेत्रीले सरकारी तहबाट एक्लैले कुनै पनि काम सम्भव नहुने राय व्यक्त गरे । उनका अनुसार बिपतलाई हेरेर बिभिन्न योजनाहरु बनाएको र महिलाहरुको लागि बिभिन्न ऐन कानुनहरु बनाएको जानकारी दिए ।


क्ष्ेत्रीका अनुसार बिपदको बेलामा आवश्यक पर्ने बेयर हाउस सबै प्रदेशहरुमा बनाउने योजना रहेको र बाँके र कैलालीमा शुरु गरि सकिएको छ । मानबअधिकारको लागि महिला एकल महिला समुहकी अध्यक्ष लिलि थापाले बिपदका बेलामा सर्वसाधारणहरुलाई आवश्यक पर्ने ठुला सामुदायिक भवनहरु नहुदा समुदायका मानिसहरुलाई ज्यान जोगाउन समस्या परेको वताइन् ।
बिश्व मानबता दिवस सन् २००३ मा इराकको राजधानी बग्दातमा १९ अगस्टको दिन संयुक्त राष्ट्र संघको हेड अफिसमा आक्रमण गरेर धेरै मानिसको ज्यान गएको थियो । त्यसको पाँच बर्ष संयुक्त राष्ट्र संघले अगस्ट १९ तारिखलाई बिश्व मानबता दिवसको रुपमा मनाउने घोषण गरेको थियो । सोही बेला देखी अगस्ट १९ तारिखलाई बिश्व मानबता दिवसको रुपमा बिश्वभरि नै मनाउदै आईरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ०० बजे