६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सन्नी लियोन फिल्मको प्रचार गर्न नेपाल आउने


५ भाद्र २०७६, बिहिबार  

0
Shares


५ भदौं ०७६, ललितपुर । भारतीय अभिनेत्री सन्नी लियोनी नेपाली फिल्म ‘पासवर्ड’ को प्रचार प्रसार गर्न नेपाल आउने भएकी छन् । उनले यो फिल्मको आइटम गीतमा नृत्य गरेकी छन् । सामाजिक संजालमा भिडियो सेयर गर्दै उनले फिल्मको प्रिमियरका लागि नेपाल आउन लागेको जानकारी दिएपछि उनी नेपाल आउन लागेको जानकारीमा आएको हो । भदौ २५मा काठमाडौंमा हुने प्रिमियरमा उनी उपस्थित हुने छिन् । भने उनी फिल्म प्रचारमा समेत सहभागी हुने वताइएको छ । उनीको नेपाल बसाई ३ दिन को हुनेछ । फिल्म पासवर्ड भदौ २७ब ाट प्रदर्शनमा आउने छ ।

एक्सन थ्रिलर जनराको फिल्ममा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको अभिनय रहेको छ । सौरभ लामाको छायाँकन रहेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मको अधिकांस छायाँकन लण्डनमा गरिएको छ । फिल्म सम्राट बस्नेतको निर्देशनमा बनेको छ ।

२०७६ भदौ ४ गते १२स्०४ मा प्रकाशित

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  ८ : ३५ बजे