१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नृसिंह जात्रा समापन


५ भाद्र २०७६, बिहिबार  

0
Shares

५ भदौं ०७६, मंगलबजार । ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि संचालन हँुदै आएकोे ऐतिहासिक नृसिंह जात्रा संम्पन्न भएको छ । पाटनको स्वनिम्ह टोलको हनुमान ननीमा नृसिंहलाई विशेष तान्त्रिक पुजा गरेपछि सरु भएको यात्रा पाटनका विभिन्न ठाँउमा परिक्रमा गरेपछि पुन स्वनिम्ह पुगेर मंगलबार बेलुकी समापन भएको हो ।


ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा संचालने हुने गर्दछ । यसपाली स्वनिम्हका हेरम्वराज राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको थियो । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती, भक्त प्रल्हादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न स्थानमा यात्रा गर्ने चलन छ ।


कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिहं मानिन्छ भने भदौमा निस्कने नृसिहंलाई शान्त स्वभावको रुपमा लिइन्छ । नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज मा भेटिन्छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  १२ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।