९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा पत्नीपिडितलाई न्याय, १५ लाख फिर्ता


६ भाद्र २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
६ भदौं ०७६, गोदावरी । गोदावरी नगरपालिकामा एक पत्नीपिडितले न्याय पाएका छन् । गोदावरी नगरपालिकाको न्यायिक समितीको फैसलाले ती पिडितलाई न्याय दिएको हो ।
गोदावरी नगरभित्र बस्ने रामप्रसाद (नाम परिवर्तन) रोजगारीको सिलसिलामा साउदी गएर कमाएको पैसा पत्नीले बोकेर अर्कैसँग गएपछि पिडितलाई न्याय दिएर यो फैसला गरेको हो ।
साउदी जाँदा श्रीमती छोडेर गएका रामप्रसाद पैसा पठाइरहन्थे । फर्कने बेला उनले थाहा पाए । श्रीमती पैसा गुटुमुटु पारेर अर्कैसँग गइन् ।
नेपाल फर्केपछि रामप्रसादले गोदावरी नगरपालिकाको न्यायिक समितीमा उजुरी गरे । उपमेयर मुना अधिकारीको नेतृत्वको न्यायिक समितीले दुबै पक्ष झिकायो । दुवै पक्षको बहसपछि पिडित र पिडक पक्षले पञ्चायत झिकाएर राय लिने सल्लाह बमोजिम प्रतिनिधिहरु हाजिर भए ।
तर पञ्चायतले पनि सही निष्कर्ष दिन नसकेपछि न्यायिक समितीले पिडित रामप्रसादको १५ लाख फिर्ता गर्ने फैसला गरेको छ । पिडकले ३ महिनापछि पैसा फिर्ता गर्ने कागज गरेको न्यायिक समितीकी प्रमुख मुना अधिकारीले बताइन् । उनले भनिन्, ‘अहिले १ महिना वितेको छ ३ महिनामा पिडकले पैसा फिर्ता गर्नुपछ ।’

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : २८ बजे