१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


असनको घडीघर बचाउन गुठी संस्थान घेराउ


९ भाद्र २०७६, सोमबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
८ भदौं ०७६, काठमाडौं । उपत्यकाका तिनै जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरको सम्पदा क्षेत्रमा हस्ताक्षर अभियान चलाउने संयोजक सायमीले जानकारी दिएको छ ।

हस्ताक्षर अभियानमा सम्पदा प्रेमी, स्थानीयवासी, सरोकारवाहरुसँगै सर्वसाधरण सबैले सहयोग गर्ने सायमीले विश्वास व्यक्त गर्दै १० हजार भन्दा बढि हस्ताक्षर संकलन गरिने बताए । राज्यले स्थानीय सम्पदा, गुठी घर, सम्पदा क्षेत्रमा विकासको नाममा हस्तक्षेप गरिरहेको सम्पदा अभियन्ताहरुको आरोप रहेको छ ।

असन घडी घर (कोथुननि) ऐतिहासिक महत्वको सम्पदा भएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् । असनको यो घडी घर गठी संस्थानले व्यापारिक कम्प्लेक्स बनाउनका लागि प्रकृया अघि बढाएपछि यहाँका १४ परिवार रुष्ट छन् । आइतबार राजधानीको त्रिपुरेश्वरस्थित गुठी संस्थान कार्यालय घेराउ गर्दै स्थानीयबासीले चर्को नारा लगाए ।

यो घर ५ सय बर्ष पुरानो मानिन्छ । कोथुननिमा पुस्तै पुस्तादेखि १४ परिवार बस्दै आएका छन् ।स्थानीयबासीसँग कुनै छलफल नै नगरि सरकारले हठात्् निर्णय गरेपछि स्थानीयको आन्दोलन शुरु भएको एक सहभागीले बताए ।


स्थानीयबासीले घडी घर भत्काउन नहुने आसयको १५ हजारको हस्ताक्षर बुझाएका छन् ।
गुठी संस्थान घेराउ गर्न पुगेका स्थानीयबासीहरु असन इन्द्रचोक नयाँसडक सुन्धारा हुदै त्रिपुरेश्वर नारावाजी सहित जुलुस लिएर पुगेका थिए ।


कार्यक्रममा असन कोथुननिसँगै ठमेलको कमलपोखरी मासेर बनाएको छायाँ देवि कम्पलेक्स भत्काउन माग समेत गरे । जुलुसमा धरहरा बचाउन अभियानका अभियन्ता पनि सहभागी थिए ।
धार्मिक, सांस्कृतिक ,पुरातात्विक एवं ऐतिहासिक महत्वको कमलपोखरीमा व्यापापरिक कम्लेक्स छायाँ सेन्टर बनाएपछि योे विवादीत छ ।


सम्पदा अभियान्ताहरुले लामो समयदेखि निरन्तर आन्दोलनमा छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : १४ बजे