९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ६ सय राष्ट्रिय परिचयपत्र वितरण


९ भाद्र २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
९ भदौं ०७६, मानभवन । ललितपुर जिल्लामा ६ सय स्थानीय बासीलाई राष्ट्रिय परिचय पत्र वितरण भएको छ । ललितपुर राष्ट्रिय परिचय पत्र वितरण कार्यालयकी सुपरभाइचर सरु गुरुङ अनुसार असार महिनामा ३ सय ८४ र साउनमा ४ सय ५२ जनाले परिचय पत्रको विवरण भरेका छन् । उनका अनुसार अहिलेसम्म ८३६ परिचयपत्रको वितराण लिएको भएपनि ६ सय परिचय पत्र वितरण भइसकेको वताइन् ।
परिचयपत्रको विवरण भरेपछि १ महिनामा कार्ड तयार हुन्छ । कार्डको वितरण भर्न नागरिताको सक्कल बसाई सराई र विवाह दर्ताको कागज चाहिन्छ । कार्ड छाप्ने चिप्समा वितरण राख्नेलगायतका काम सिंहदरवारस्थित राष्ट्रिय परिचयपत्रको केन्द्रिय कार्यालयबाट हुँदै आएको छ ।
परिचय पत्र लिनको लागि कुनै शुल्क लाग्दैन । परिचय पत्रमा भौतिक विवरणसँगै जैविक विवरण पनि राखिएको हुन्छ । कार्डमा एठिएम मा झैं चिप्स राखिने हुने हुँदा यो कार्डको विवरण मेसिनबाट पढ्न सकिन्छ । सरकारले नागरितालाई विस्थापित गर्ने उदेश्य सहित राष्ट्रिय परिचयपत्र लागू गर्न लागेको वताएको छ ।
अहिले ललितपुर जिल्ला प्रशासन कार्यालय परिसरमा कार्यालय राखेर परिचयपत्र वितरण शुरु गरिएको छ । कार्यालयले जिल्लाका सरकारी कर्मचारी र परिचय पत्र बनाउन रुचि भएर आएका जिल्लाबासीको परिचयपत्र बनाइरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : ५० बजे