९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चिडियाघरमा कान्छीको प्रवेश


१२ भाद्र २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१२ भदौं ०७६, जावलाखेल । रुपन्देहीबाट उद्दार गरेर ल्याइएको एघार महिने कान्छी नामकी निलगाई चिडिया गराइएको छ । स्थानीयले घर बस्तीमा अचम्मको घोडाजस्तो जनावर देखेपछि प्रशासनलाई खबर गरे, अनि चिडियाघर ल्याइएको हो ।
घोडाजस्तो देखिने निलगाई कसै–कसैले घोडगधा पनि भन्ने गर्छन् । यसको सिङ हुन्छ ।
सदर चिडिया खानाकी प्रवक्ता लिना चालिसेले यहाँ ३ वटा निलगाई रहेको जानकारी दिइन् । उनका अनुसार केही समयअघि नवलपरासीका एक स्थानीयले पारस नामको निलगाई पालेका थिए । जंगली जनावर पाल्दा कानून लाग्छ भन्ने हेक्का भएपछि उनले यो निलगाई चिडिया घरलाई बुझाए ।

पवन भने सिन्धुलीबाट उद्दार गरेर ल्याइएको हो । पवन र पारस दुवै ३÷३ पारस भाले हुन् । कान्छीको प्रवेश पछि चिडियाघरमा निलगाईका धेरै सन्तान हुने अपेक्षा छ । केही समयअघिसम्म चिडिया घरमा धेरै निलगाई थिए । विविध कारणले चिडिया घरमा निलगाई देख्न मुस्किल थियो ।
गतवर्ष चिडियाघरको इतिहासमा पहिलोपल्ट लिङ्गतेन लंगुर नामको जनावरको प्रवेश भएको थियो । नेपालको बाटो भएर यो जानवर चोरी शिकारी हुने क्रममा नेपाल प्रहरीको सिविआइले समातिएको थियो । यो जनावर नेपालमा नपाईने हुँदा चिडिया घरकै आर्कशक जनावरको रुपमा लिइन्छ । यो अफ्रिकाको जंगलमा पाइन्छ ।

केही समय अघि चिडिाघरमा ३ खाने प्रजातीका बाँदरको पनि प्रवेश भएको छ । सिविआईले चोरी शिकारीको क्रममा समातेको बुझाएको मोना मंकी,भर्वेड मंकी र पटास मंकी अहिले चिडिघरको चित्ताकर्शकको रुपमा परिचित छ ।
बुढेसकाल लागेर चिडियाघरमा बेला बखतमा जनावरहरुको देहान्त हुने गरेको छ । गतसाल चिडिया घरमा बाघको मृत्यु भयो । यो बाघ चिडिया यहाँका हेरालुहरुले हातमै डोहो¥याएर पालिएको बाघ हो । केही समयअघिसम्म बाघलाई चिडिया घरको बगैचातिर डोहो¥ाएर हिड्ने गरिनथ्यो । तर बाघको आफ्नै स्वभाव हुन्छ । आगन्तुकलाई आक्रमण गर्दा की भनेर खोरमा थुनियो ।

गतवर्ष २ वटा बाघ उद्दार गरेर ल्याइएको छ । चितवनको जगतपुरबाट ल्याइएको यो पोथी बाघको नाम जगती हो । धेरै पछि चिडिायाघरमा अर्को पोथी जनावर ल्याइएको छ । यो पोथी बाघका कारण चिडिया घरमा अव बाघको कुनै अभाव नहुने अपेक्षा छ । सरकारले भक्तपुरको सुर्यविनाक जंगलमा भिडिया घर विस्तार गर्ने योजना ल्याइएपछि जनावरहरुको आवश्यक्ता धेरै महसुस भएको छ ।
अर्को बर्दियाबाट सबै भन्दा ठूलो बाघ उद्दार गरिएको छ । महाराजा नामको यो बाघ ह्रिसक हर्कतका कारण उद्दार गरिएको हो । चियिडा घरमा अहिले पालेको कुनै बाघ छैनन् । महाराजा,प्रताप,जगती र बाङ्गे गरेर ४ वटा बाघ छन् ।

नेपालमा जहाँ कही जंगली जनावरको उद्दार हुँदा चिडियाघरमा ल्याइन्छ । नेपालको आफ्नै उद्दार केन्द्र छैन । चिडियाखाना आफैमा पशु उद्दार केन्द्रको रुपमा विकशित छ । उद्दार गरेर ल्याइएका जंगली जनावर केही समय नर्सरी क्वारेन्टाइनमा राखिन्छ ।
चिडियाघरमा जनावरको राम्रो रेखदेख र हेरचाहका कारण जानवरहरु साविक उमेर भन्दा पनि धेरै बाँच्ने प्रवक्ता चालिसेले वताइन् । उनले भनिन्, ‘बाघको उमेर १२ वर्ष मानिन्छ । तर चिडियाघरमा पालिएको बाघ १६ बर्षसम्म बाच्यो ।’ उनका अनुसार यहाँ भेटेनरी डाक्टरहरुद्घारा बेला बेलामा स्वास्थ्योपचार हुन्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहिबार  ८ : १६ बजे