८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दलचोकीमा मिनीट्रक दुर्घटना, आठ घाइते


१३ भाद्र २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
१३ भदौ ०७६ ललितपुर । ललितपुरको दलचोकीमा मिनिट्रक दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन् । बा २ ख ३८९० नम्बरको मिनिट्रक चापागाउँबाट दलचोकी जाँदै थियो ।
मिनी ट्रक दलचोकी राइजिङ्ग होमस्टे नजिकै दुर्घटना भएको महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण रामकोटाले जानकारी दिए । सापकोटाका अनुसार ६ जना घाइतेलाई आनन्दबन अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई २ पाटन अस्पताल लगिएको छ । दक्षिण ललितपुरमा सार्वजनिक बसको अभावमा यस्ता मिनी ट्रकमा स्थानीयबासी यात्रा गर्न बाध्य छन् ।
डिएसपी सापकोटाको अनुसार गाडीका चालक दीपक सञ्जेल, गाडीमा यात्रारत कृष्ण सञ्जेल, लालजीत घिसिङ, विक्रम भुलुन, नविना तामाङ, सावित्रा सञ्जेल, सीता दाहाल र आयुषा दाहाल छिन् ।

प्रतिनिधि सभा सासंद नवराज सिलवाल र प्रदेश ३ का सासंद चेतनाथ सन्जेलले घाईतेहरुको उपचारमा आवश्यक सहयोग गर्न अस्पताल प्रशासनलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : २१ बजे