३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुध प्रतिलिटर दश रुपैयाँ बढाउन किसानहरुको माग


१४ भाद्र २०७६, शनिबार  

0
Shares

१४ भदौ ०७६, काठमाडौं । दुध उत्पादक किसानहरुले तत्काल दुधको मुल्य बढाउन सरकारसंग माग गरेका छन् । शनिवार रिपोर्टर्स क्लबमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेका हन् ।
विगत तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेका हुन् । आफुहरुको उत्पादन लागतमा बिगत तीनबर्ष यता ३० प्रतिशतभन्दा बढि मुल्य बृद्धि भएको वताउदै दुधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने उनीहरुको माग छ ।
१० रुपैयाँ नबढाए यस क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारी गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिएर राज्यको व्यापार घाटा बढ्ने उनीहरुको दावी छ । अहिलेकै मूल्यमा आफुहरुको लागत पनि नउठ्ने बताउदै उनीहरुले राज्यका कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफुहरुले लागत मूल्य पनि उठाउन नसकेको जनाउदै उनीहरुले सरकारको ध्यानाकषर्ण गराएका हुन ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको उनको आरोप छ ।
कार्यक्रममा बोल्दै समिति सचिवालय सदस्य तथा प्रदेश नम्बर ४ का प्रदेश संयोजक दिपक तिमिल्सेनाले राज्यले किसानको परिश्रमको मूल्यमा खेलवाड गरिरहेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै संस्थाका केन्द्रिय सल्लाहकार तथा संयोजक राजेन्द्रराज पन्तलेराज्यको सबै क्षेत्रमा मूूल्य बृद्वि भईरहेको बताउदै दुधको मूल्य बढाउनमा सरकारले आफ्नो मागलाई बेवास्ता गर्दै आएको बताए ।
कार्यक्रममा बोल्दै इन्द्रमणि गैरेले विगत तीन बर्षदेखि खाद्यान्नलगायत पशु आहारको मूल्य झण्डै दुई गुना भन्दा बढि बृद्वि भएको र राज्यका राष्ट्र सेवक कर्मचारीको तलब पनि बृद्वि भईरहदा किसानले उत्पादन गरेका दुधको मूल्य यथावत रहेको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।