२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अरुको नामकाे सिमकार्ड प्रयोग गर्न नपाईने


१९ भदौ २०७६, बिहिबार  

0
Shares

काठमााडौं। अब अरुका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ। जसले प्रयोग गरिरहेको हो, उसैको नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी गर्ने नेपाल दूरसंचार प्राधिकरणको तयारी छ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताएको छ। तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने निर्णय भने भइनसकेको बताइएकाे छ।

प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमबाट असारसम्ममा २ करोड २ लाख सिमकार्ड जारी भएका छन् भने एनसेलले एक करोड ६६ लाख सिमकार्ड जारी गरेको छ।

प्रकाशित मिति : १९ भदौ २०७६, बिहिबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।