६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निर्माण नसक्दै भत्कियो सय करोडको सडक


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडाैं । एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो ।

जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थियो ।

सम्झौताअनुसार अबको चार महिनाभित्र आयोजना पूरा गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । हस्तान्तरण गर्नुपर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ । केही स्थानमा सडकमुनि राखिएको ह्युमपाइप भासिएर सडक भत्केको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : ४५ बजे