काठमाडाैं । एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो ।
सम्झौताअनुसार अबको चार महिनाभित्र आयोजना पूरा गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । हस्तान्तरण गर्नुपर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ । केही स्थानमा सडकमुनि राखिएको ह्युमपाइप भासिएर सडक भत्केको छ ।
प्रतिक्रिया