१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


केदरनाथ चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–९ एकताबस्तीस्थित केदरनाथ चौलागाईको घरमा जुवातास खेलिरहेका एकताबस्ती बस्ने दोलखा हावा गाउँपालिका–४ घर भएका २६ वर्षीय उद्धब खत्री लगायत ६ जनालाई लागूऔषध गाँजा २ खिल्ली, नगद २४ हजार १ सय ३५ रुपैयाँ र १ बुक तास सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ४ : ४५ बजे