६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चन्द्रयान–२ को अवतरणको चरणमा


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

भारतले चन्द्र अभियानअन्तर्गत चन्द्रमामा पठाएको चन्द्रयान–२ को अर्बिटरबाट ल्याण्डर ‘विक्रम’ सोमबार सफलतापूर्वक अलग भएको छ । सोमबार सवा एक बजेको समयमा अर्बिटरबाट ल्याण्डर विक्रम अलग भएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको हो ।

आइतबार साँझ चन्द्रयान–२ लाई चन्द्रमाको पाँचौं तथा अन्तिम कक्षमा पठाइएको थियो । अहिले अर्बिटर र ल्याण्डरले यसै कक्षमा परिक्रममा गरिरहेका छन् ।

चन्द्रमादेखि यसको दूरी न्युनतम १ सय १९ किलोमिटर देखि अधिकतम १ सय २७ किलोमिटर रहेको छ ।

आगामी एक वर्षसम्म अर्बिटरले यसै कक्षमा रहेर चन्द्रमाको परिक्रममा गर्ने छ । ल्याण्डर भने अबको दुईसम्म आफ्नो कक्षलाई घटाउँदै चन्द्रमाबाट ३६ किलोमिटरको दूरीमा पुग्ने छ । यसबीचमा सेप्टेम्बर ३ अर्थात मंगलबार ल्याण्डरको एउटा परीक्षण गरिने छ । ल्याण्डरले ठीकसँग काम गरिरहेको छ कि छैन भनेर उक्त परीक्षण गरिन लागेको हो ।

केही परीक्षणसँगै आगामी सेप्टेम्बर ६ वा ७ तारिखको राति पौने २ बजेको समयमा ल्याण्डर चन्द्र सतहमा उत्रन सुरु गर्ने छ । १५ मिनेट लगाएर अवतरण गरेपछि ल्याण्डर चन्द्रमाको दक्षिणी ध्रुवमा उत्रने छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : ४५ बजे