६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा निःशुल्क संगीत प्रशिक्षण


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता

२० भदौं ०७६, मंगलबजार सधै मोवाइल,ट्यावलेटमा झुम्मिने वालवालिकाहरुलाई भुलाउन र गीत संगीतमा लगाव लगाउन पाटनस्थित मंगल टोल सुधार समितीले निःशुल्क संगीत प्रशिक्षण शुरु गरेको छ । ७ वर्षदेखि ५५ वर्षकी महिला समेत गरेर ३० जान सगीत प्रशिक्षणमा सहभागी छन् ।

समितीका उपाध्यक्ष शाक्यका अनुसार प्रशिक्षण केन्द्रका सरसामान किन्न स्थानीय दाताहरुले चन्दा दिईरहेका छन् भने आर्दश कन्या विद्यालयले कोठा दिएको छ । संगीत प्रशिक्षणका लागि कोष बनाएर दिर्घकाालीन रुपमा सञ्चालन गर्ने सोच रहेको शाक्य बताउछन् ।
सास्कृतिक संस्थानमा काम गर्ने नरसिंहलाल श्रेष्ठले प्रशिक्षण दिइरहेको कोषध्यक्ष हरिनरसिंह अमात्यले बताए । उनले भने,‘उहाले हामीलाई निशुल्क रुपमा प्रशिक्षण दिईरहनु भएको हुनाले संगीत सिकाउन सझिलो भएको छ ।’
वलवालिकाहरुलाई पहिले सुर र तालको ज्ञान दिलाउन सारेगम सिकाइरहेको छ । सुर र तालबारे ज्ञान भए पछि उनीहरुलाई हार्मोनियम,भ्वाइलिन,गितारलगायतका बाजा बजाउन दिइनेछ ।
प्रशिक्षण मंगलबजारका स्थानीय बासीलाई दिइरहेको उपाध्यक्ष शाक्यले बताए । दिर्घकालीन रुपमा सबैलाई प्रशिक्षण दिन सोच रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : २० बजे