३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दसैंअघि गाडी भाडा नबढ्ने


२१ भाद्र २०७६, शनिबार  

0
Shares

काठमाडौं । सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन्।

यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको समाचार कान्तिपुर दैनिकमा छ। ‘यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो। भाडाबारे निर्णय सरकारले गर्छ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनको विषयमा सरकारसँग हामीले कुनै बार्गेनिङ गरेका छैनौं।’

एक साताको समय मागेर दसैंमा यात्रुलाई सहज रुपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभरका व्यवसायी जम्मा भएइर छलफल गरिरहेका उनले बताए। दसैंमा उपत्यकाबाट करिब २०लाख यात्रु बाहिरिने गरेका छन्।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।