२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तीन दिनको मौसम: सतर्कता अपनाउन आग्रह


२१ भाद्र २०७६, शनिबार  

0
Shares

काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित छ साथै उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभरी आंसिकदेखि सामान्य बदली भई पश्चिमी भूभागका केहि स्थानहरुमा साथै पुर्वी भुभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम
भदौ २१ गते (शनिबार)
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा साथै पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

रातिः देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ २२ गते (आइतबार)
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ २३ गते (सोमबार)
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

रातिः देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्टयाङ्गको सम्भावना भएकोले सामान्य सतर्कता अपनाउनु आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।