९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दल्चोकी दुर्घटनाका घाइते दाहाल र भोम्जनको मृत्यु


२२ भाद्र २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
२२ भदौ ०७६ ललितपुर । ललितपुरको दल्चोकीमा गतसाता मिनिट्रक दुर्घटनापछि घाइते भएकी सिता दाहाल र विक्रम भुलुङ्गको शनिबार मृत्यु भएको छ ।
काञ्ज्योसोम ३ का वडाध्यक्ष तिलक भोम्जनका अनुसार सिता दाहाल बुबा खुवाउने औसीको दिन काभ्रेबाट बुबा भेट्न दल्चोकी जाँदै थिइन् । बुबालाई भेट्न नपाई दाहाल दुर्घटनामा परेपछि उपचारका लागि न्युरो अस्पताल लगिएको थियो ।
विर अस्पतालको ट्रमा सेन्टरमा मुटुको अपरेसनपछि विक्रम भुलुङ्गको होस नखुलेपछि डाक्टरले मृत्यु घोषणा गरेको वडाध्यक्ष भोम्जनले बताए ।
यहि असोज १३ गते ललितपुरको दल्चोकीमा बा २ ख ३८९० नम्बरको मिनिट्रक चापागाउँबाट दलचोकी जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ९ : ०८ बजे