१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दसैँका लागि नयाँ नोट वितरण सुरु


२२ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज १४ गतेबाट वितरण सुरु गर्ने भएको छ । राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई पनि सटही सुविधा दिने भएको छ । निजी क्षेत्रका बैंकले भने निश्चित रकम मात्र सटहीका लागि पाउनेछन् ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट साट्ने गथ्र्यो । यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । राष्ट्रबैकले तीन सरकारी बैंकमार्फत पैसा साटन आउने सबैलाई आवश्यक रकम उपलब्ध गराउने जनाएको छ ।

कुन कुन शाखावाट पाइन्छ ?

नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सर्वसाधारणले रकम साटन पाउनेछन् । राष्टिय« वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट नयाँ नोट साटन सकिन्छ । त्यस्तै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट नोट साटन सकिन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ३ : २९ बजे