१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उत्कृष्ट तस्विरहरु प्रर्दशनीमा


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

२४ भदौं ०७६, काठमाडौं । राजधानीमा सोमबारबाट युनेस्को नेपाल र नेपाल सरकारसँगको सहकार्यमा फोटो पत्रकार क्लबले गरेको तस्विर प्रतियोगितामा छानिएका उत्कृष्ट तस्विरहरुको प्रदर्शनी सुरु भएको छ ।
युनेस्कोफ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटो पत्रकार क्लबले अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको सन्दर्भमा गरेको ’बहुभाषिक परिवेश र साक्षरता’ विषयमा भएको तस्विर प्रतियोगितामा छानिएका विजेतासहित उत्कृष्ट तस्विर बबरमहलस्थित नेपाल कला परिषदमा प्रदर्शनीमा राखिएको हो ।
देशभरबाट १८२ फोटोग्राफरले पठाएका ६३६ फोटोमध्ये निर्णायक मण्डलले विजेतासहित उकृष्ट ५४ तस्विर छानेका थिए । प्रर्दशनीमा ४२ फोटोग्राफरका तस्विरहरु प्रर्दशनीमा छन् ।
शैक्षिक स्थिति, विधार्थी, स्कुल र शिक्षकबीचको सम्बन्ध, नेपालको बहुभाषिक र अन्तर संस्कृति झल्काउने तस्विर प्रदर्शनीमा राखिएको सञ्चारिका समूहकी अध्यक्ष एवं प्रतियोगिताका निर्णायक नितु पण्डितले बताइन् ।


युनेस्को नेपालका प्रमुख क्रिस्टियन म्यानहार्टले नेपालको शैक्षिक अवस्थाबारे तस्विरमार्फत जानकारी दिएको भन्दै प्रसंसा गरे ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्रदर्शनीमा रहेका तस्विरले नेपालको वर्तमान शैक्षिक अवस्था झल्काएको बताए । ‘प्रदर्शनीमा रहेका तस्विरले औपचारिक शिक्षामा हामी कहाँ छौ भन्ने स्पष्ट पारेका छन्’, उनले भने, ’शिक्षाको गुणस्तर अभिवृद्धि र पूर्वाधार बनाउन धेरै काम गर्न प्रदर्शनीले मार्गदर्शन गर्नेछ ।’

तस्विर प्रदर्शनी भदौ २८ गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ८ : २१ बजे