११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

काठमाडौं । भारतको मोतिहारी र अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन आज उद्घाटन हुन गइरहेको बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्व सन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २–२ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।

समायोजन भएको नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने उनको भनाइ छ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन केही बेरमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : १३ बजे