१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवाविरुद्ध नेविसंघ आमरण अनशन बस्ने घुर्की


२५ भाद्र २०७६, बुधबार  

0
Shares

२४ भदौ ०७६, काठमाडौं । नेविसंघका पूर्वउपाध्यक्ष क्षितिज भण्डारीले सरकारको कदमको आफ्नो पार्टीले विरोध गर्न नसकेको आरोप लगाउदै केन्द्रिय समिति गठन नगरे ७७ वटै जिल्ला पार्टी कार्यालयमा आन्दोलन र केन्द्रिय कार्यालयमा आमरण अनशन शुरु भण्डारीको चेतावनी दिएका छन् । उनले पार्टीको दोस्रो चरणको जागरण अभियान सकिएलगत्तै आमरण अनशन सुरु गर्ने पनि चेतावनी दिए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्वको ध्यानाकार्षण गराउदै समयमै महाधिवेशन सम्पन्न गरि सबै भातृ संस्थाहरुको निर्वाचनमार्फत नेतृत्व चयन गरि पार्टीलाई बलियो बनाउनुपर्ने उनको जोड थियो ।
पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान शुरु गरि पार्टीका भ्रातृ संस्थाहरुलाई निष्कृय बनाएको उनको आरोप छ । जारी विज्ञप्तीमा भनिएको छ,‘यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पार्टीलाई विधि विधान र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित रहेर संचालन गरिनुपर्ने, भ्रातृ संगठनहरुको गठन र महाधिवेशन गरिनुपर्ने, पार्टीको महाधिवेशनको मिति घोषणा गर्न जोडदार रुपमा माग गर्दछौं । अन्यथा पार्टीलाई एकलौटी ढङ्गबाट चलाउन खोजिए त्यसका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौं ।’

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ४१ बजे