४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


झाँक्रीले पेटको विकार फालिदिने भन्दै ब्लेडले पेट चिरेर प्वाल पारिदिए


२५ भाद्र २०७६, बुधबार  

0
Shares

धादिङ नीलकण्ठ नगरपालिका–९ झगरेका राजु मगरको शरीरबाट विकार फालिदिने भन्दै झाँक्रीले पेटमा प्वाल पारिदिएका छन् ।

२ महिनादेखि जण्डिस लागेका मगरको उपचार गरिदिने भन्दै एक लामा झाँक्रीले उनको पेटमा प्वाल पारिदिएका हुन् ।

झाँक्रीले जण्डिस रोग निको पारिदिने विश्वासमा पर्दा मगर जीवनमरणको दोसाधमा पुगेका छन् । उनको पेटमा प्वाल परेपछि उपचारको लागि जिल्ला अस्पताल धादिङ लगिएको छ ।

मगरकी श्रीमती विमलाका अनुसार झाँक्रीले शरीरको विकार फालिदिने भन्दै बन्द कोठामा थुनेर ब्लेडले पेट चिरिदिएका थिए । सुरुमा सुई लगाएको जस्तो गरी केहि सामानले घोचेको र पछि ब्लेडले चिरेर त्यही घाउमा मुखले टोकिदिएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।