२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डेंगीको उच्च जोखिममा भक्तपुर


२५ भाद्र २०७६, बुधबार  

0
Shares

 देशभरि फैलिएको डेंगी रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ। एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगी रोग भएको पुष्टि भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेंगी रोग रहेको पुष्टि भएको जानकारी दिए। यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेंगी रोगको जोखिममा रहेको बताए।   

उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए।

https://www.youtube.com/@lalitkhabar

यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेंगी रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेंगी रोग भएको बताए।

उनले भक्तपुर नगरपालिकाले डेंगी रोग नियन्त्रण सम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेंगी रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएको छ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।