२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तीजमा पतिको पाउ धोएर क्यानडा उडिन् धमला पत्नी एलिजा


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडौं । चलचित्र नायिका समेत रहेकी एलिजा गौतम योपटक निकै चर्चामा आइन् । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजाले पतिको पाउ धोएको तस्बिर र भिडियो भाइरल भयो । त्यसबारे सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया भयो ।

पढेलेखेकी बुझेकी भइकन एलिजाले किन यसो गरिन् भन्ने प्रश्न सर्वत्र उठ्यो । उनले यसको बचाऊ गर्दै संस्कृति र संस्कार अंगिकार गरेको जवाफ दिइन् । एलिजाले यसपटक तीजको ब्रत बसेर पतिको पाउ धोएर केही महिनाका लागि पतिबाट बिदा भएकी छिन् । उनी यतिबेला क्यानडामा छिन् ।

एलिजा आमा गीता गौतमसँगै क्यानडा उडेकी हुन् । यसै हप्ता क्यानडा उडेकी उनी छोराछोरीलाई समेत साथमै लिएर गएकी छिन् । यसपटक उनले छोरीको उपचार गर्ने बताइन् । उपचारकै लागि क्यानडा गएको उनको भनाई छ ।

अनुराग फिल्मबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी एलिजा चर्चामा आइरहन्छिन् । पति ऋषि धमला चर्चामा आइरहने हुँदा उनी पछि चर्चामा आउँछिन् । उनीहरुको पछाडि पछिल्लो समय युट्युबरहरु देखिनथालेका छन् । एलिजा क्यानडा उड्नु अघि पनि युट्युबरहरु विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।