काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ र ५० रुपैयाँ दरको नयाँ सिरिजको नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले बिहीबारदेखि २० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२’ र पृष्ठभागमा ‘२०१६ एडी’ लेखिएका संकेत नंम्बर ञ/४१ ०००००१ देखि ञ/४१ ९९९९९९ सम्मका नोट निस्कासित गरेको हो।
त्यसैगरी ५० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२‘ तथा पृष्ठभागमा ‘२०१५ एडी’ लेखिएका संकेत नं ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट निस्कासित भएका छन्। नोटको सिरिज नयाँ भए पनि डिजाइन भने पुरानै रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया