२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेयर चिरीबाबु महर्जनले सम्झे उति बेलाको वागमती


२९ भाद्र २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
२९ भदौं ०७६, ललितपुर । ललितपुर महानगरका मेयरले राजधानीभएर बग्ने वागमती नदिकमा पौडि खेलेको सम्झदै एक स्वमिङ्ग पुलमा पौडेर जित्ने विद्यार्थीहरुलाई पुरस्कार बाँडेका छन् । विद्यालय पौडी प्रतियोगिताका ’बिजयीलाई पुरस्कार दिन हात्तीबनस्थित लिटिल एन्जल्स स्कुल पुगेर पुरस्कार वितरण गर्ने क्रममा विद्यार्थीलाई प्रोत्साहित गर्दै उनले भने, ‘मैले बाग्मती नदीमा पौडी खेलेको हुँ , त्यत्तिबेला बागमती अहिले जस्तो फोहोर थिएन ।’ बाग्मतीलाई पहिले जस्तो सफा बनाउन चुनौतिपूर्ण भएको नगरप्रमुख चिरीबाबुले बताए । बाग्मतीलाई पहिलेको जस्तो सफा बनाउन आफूले सक्दो प्रयास गरेको बताउँदै उनले भने, ‘यो सझिलो काम भने होइन तर सम्भव छ ’ ललितपुर महानगरले दुईवटा ट्रिटमेन्ट प्लान्ट बनाएको बताउँदै त्यसले बाग्मती सफा बनाउन सहयोग गर्ने बताए ।
यस प्रतियोगितामा ६५ विद्यालयका तीन सय ३२ जना विद्यार्थी सहभागी थिए ।
विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शर्माले ललितपुर महानगरपालिकाभित्र इतिहास बोकेका विद्यालय भएको बताउँदै ललितपुरलाई शैक्षिक हब भएको स्पष्ट पारे । उनले भने, ‘निजी मात्रै होइन, पुरानो इतिहास भएका सामुदायिक विद्यालयहरु ललितपुरमा छन् । ’ मुलुक संघीयतामा गएपछि शिक्षा क्षेत्र स्थानीय सरकारको मातहतमा आएको बताउँदै उनले स्थानीय सरकारले शिक्षा र विद्यालयलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे ।
निजी क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यो विद्यालयले २० वर्ष देखि अन्तर विद्यालय लिटिल एन्जल्स पौडी प्रतियोगिता आयोजना गर्दै आएको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द शर्माले भने, ‘ भुकुम्प लगायतका कारणले २ वर्ष हुन सकेन, नत्र निरन्तर गरिराखेका छौं । ’
प्रतियोगितमा उत्कृष्ट भएका विद्यार्थीलाई नगरप्रमुख चिरीबाबु महर्ज

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : १२ बजे