१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘अब पार्टीमा एक पद, एक जिम्मेवारी’ ः भिम रावल


३० भाद्र २०७६, सोमबार  

0
Shares


३० भदौ ०७६, काठमाडौं । संविधान जारी गर्नुपुर्व नै आफूहरुले नागरिकतासम्बन्धी धेरै चरणमा छलफल गरेको सुनाउँदै भने,‘नागरिकताजस्तो विषयमा नेपालजस्तो देशले खुकुलो नीति लिन सक्दैन् भनेर हामीले धेरै छलफल गर्यौं । हाम्रा छिमेकी देशहरु भारत, चीन र अमेरिकाजस्तो देशमा पनि नागरिकताको विषयलाई खुकुलो बनाएको देखिँदैन् ।’ आफूहरुले संसारभरिका देशहरुको नागरिकताको विषयमा अध्ययन गरेको सुनाउँदै कुनैपनि देशमा यस सम्बन्धमा खुकुलो बनाएर जानुपर्छ र जसलाई पनि नागरिकता दिनुपर्छ भन्ने कुरा नपाएको रावलको दाबी छ।
उनले संविधान जारी गर्दा ताकाको तत्कालिन् सरकारले हतारमा नागरिकता ऐन ल्याएको आरोप लगाए । उनले भने,‘हतारमा ऐन ल्याउनु नै गलत थियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले पार्टीभित्र एक व्यक्ति, एक जिम्मेवारीमा जानेबारे केन्द्रिय सचिवालयले पहिल्यै नै निर्देशन दिईसकेको वताउदै सोहीअनुसार अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् ।
रिपोर्टस क्लवलृ राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जहाँसम्म जिम्मेवारीको कुरा छ, योभन्दा अगाडि हाम्रो पार्टीमा एक पद, एक जिम्मेवारीमा जाने भनेर केन्द्रिय सचिवालयले नै निर्देशन गरेको छ । ।’
उनले पार्टीमा केन्द्रिय तहमा पोलिटब्यूरो गठन गर्न बाँकी रहेको सुनाउँदै विलम्ब नगरी त्यतातर्फ ध्यान दिनुपर्ने बताए । उनले भने,‘विलम्ब नगरी पोलिटव्यूरो गठन गरी केन्द्रिय समितिको बैठक डाक्नुपर्छ । सबैको बुद्धि र विवेक प्रयोग गर्दै पार्टी र सरकार चलाउनुपर्छ ।’
सरकारको कामप्रति पनि टिप्पणी गर्दै रावलले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकर नेपाल भ्रमणमा आउँदा माथिल्लो कर्णाली आयोजनामा वित्तिय व्यवस्थापन गर्नेबारे सहमति र कोशी उच्च बाँधको कामबारे भएको सहमतिको विरोध गरे । उनले कोशी बाँध बाँध्ने काम नेपालको हितमा नरहेको जिकिर गरे । उनले भने,‘कोशी उच्च बाँध नेपालको हितमा छैन् । यसले ९ जिल्ला अति प्रभावित बन्छन् । चार जिल्ला त पुरै डुबानमा पर्छन् ।’ उनले यो कार्य कुनैपनि हालतमा गर्न नहुने भन्दै तत्काल रोक्नुपर्नेमा जोड दिए ।
रावलले माथिल्लो कर्णाली परियोजना नेपाल आफैंले बनाउनुपर्ने पनि बताए । भारतीय जिएमआरले विगत ११ वर्षदेखि यो परियोजना कब्जा गरेको र पटक पटक म्याद गुजारेको उनको आरोप थियो । उनले अब यो परियोजनामा जिएमआरएसँग सम्झौताको म्याद बढाउन नहुने जिकिर गरे । उनले भने,‘जिएमआरले त नेपालका जलस्रोतमा दलालीको काम गरेको छ । अब तेस्रो पटकपनि म्याद बढाईयो भने नेपाली जनतालाई धोका हुन्छ । अहिले मुलुकमा दुई तिहाई बहुमतको सरकार छ । सरकार कुनैपनि हालतमा झुक्नुहुँदैन् ।’

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : २७ बजे