११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुतली बगैचामा नयाँ संसद भवन शिलान्याश


३१ भाद्र २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३१ भदौ ०७६, काठमाडौं । सिंहदरवारस्थित पुतली बगैचामा संघीय संसदको भवन निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी ओलिले बुधबार विहान ११ बजे पुतली बगैचामा संसद भवनको शिलान्याश गर्ने कार्यक्रम तय भएसँगै संसद भवन निर्माण हुने पक्का भएको हो ।
२०६३ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुर्नथापनापछि सिंहदरवारस्थित पुरानो संसद भवन प्रयोग गरिएको भए पनि साँधुरो भएको भन्दै बानेश्वरस्थित विरेन्द्र अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र संसद सचिवालयले भाडामा लिएर संसद चलाइएको छ ।
२०६५ सालमा गठन भएको पहिलो संविधानसभाको बैठकहरु यहि भवनमा बसेको थियो । २०७० सालमा समेत दोश्रो संविधान सभा गठनपछि यही भवनमै राखिएको थियो । संविधान कार्यान्वयनका क्रममा बनेको नयाँ संसदको बैठकहरु समेत यही भवनमै राखिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : २९ बजे