१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमा उत्तर कोरियाको लगानी साढे १८ करोड, लगानी फिर्ता लैजान पुनः निर्देशन


३१ भाद्र २०७६, मंगलबार  

0
Shares

काठमाडाैं ।

नेपालमा उत्तर कोरियाली नागरिकको लगानी साढे १८ करोड ६५ लाख ४९ हजार दुई सय रहेको पाइएको छ ।

उत्तर कोरियाका लगानीकर्ताले नेपालका विभिन्न क्षेत्रमा २३ वर्षदेखि लगानी गर्दै आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ । २३ वर्षसम्म होटल रेष्टुरेन्ट, सफ्टवेयर डेभलपमेन्ट तथा अन्य सेवामूलक क्षेत्रमा भएको उत्तर कोरियालीको लगानी अब फिर्ता जाने भएको छ ।

उसलाई नयाँ लगानीका लागि सरकारले प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाली नागरिकको सबैभन्दा बढी होटल रेष्टुरेन्टको क्षेत्रमा लगानी रहेको पनि पाइएको छ ।

विभागको तथ्याङ्क हेर्दा उत्तर कोरियाले २०५२ सालबाट नेपालमा लगानीको शुरूवात गरेको छ । तनहुँमा स्थापना भएको नेर्कोयो अस्पतालको कुल लगानीमध्ये ३५ प्रतिशत हिस्सा उत्तर कोरियालीको छ भने ६५ प्रतिशत नेपाली नागरिकको छ ।

४ करोड ४८ लाख १९ हजार लगानीमा स्थापना भएको नेर्कोयो अस्पतालमा उत्तर कोरियाको १ करोड २५ लाख ४९ हजार २ सय छ भने नेपालको ३ करोड २२ लाख ६९ हजार ८ सय रुपैयाँ रहेको तथ्याङ्कले देखाएको छ ।

२०६४ सालमा काठमाडौंमा ५० लाख उत्तर कोरियाली लगानीमा होटल रेमिनी एण्ड रेष्टुरेन्ट खुलेको थियो । सोही वर्ष काठमाडौंमै १ करोड ५० लाख लगानी गरेर पोङयाङ अकुग्यान नेपाल रेष्टुरेन्ट संचालनमा ल्याएको हो । २०६७ सालमा उसले पोङयाङ अकुग्यान रेष्टुरेन्टका लागि थप ४० लाख लगानी गरेको तथ्यांक देखिन्छ ।

२०७४ सालमा कुल १० करोड लगानी भएको योङबोङ चाण्ड आइटी कम्पनीमा उत्तर कोरियाली उद्योगीको ८० प्रतिशत लगानी छ भने २० प्रतिशत नेपाली उद्योगीको छ । अर्थात् त्यस रेष्टुरेन्टमा उत्तर कोरियाको ८ करोड लगानी रहेको छ भने नेपालीको २ करोड रुपैयाँ छ ।

२०७५ असारमा उत्तर कोरियाले काठमाडौंमा बोटोङगाङ रेष्टुरेन्ट एण्ड बार खोलेको छ । यस रेष्टुरेन्टका लागि उत्तर कोरियाबाट ३ करोड लगानी आएको हो । भदौमा काठमाडौंमा १ करोड लगानी गरेर हिमालयन सोजे रेष्टुरेन्ट खोलेको तथ्याङ्कले देखाएको छ ।

असोजमा काठमाडौंमा उत्तर कोरियाली १ करोड ५० लाख लगानी गरेर मिनस रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ। चैतमा सफ्टवेयर डेभलपमेन्टका लागि ललितपुरमा १ करोड ५० लाख लगानी गरेर हिमाल चिल्बो टेक्निकल सोलुसन्स खोलेको विभागको तथ्याङ्कले देखाएको छ ।

उत्तर कोरियाबाट सञ्चालित यी उद्योगमा ३४६ नेपालीले रोजगारी पाएका छन् । ती उद्योगलाई तत्कालै कोरियाली लगानी फिर्ताका लागि पत्र पठाइसकेको विभागका निर्देशक प्रेमप्रसाद लुइँटेलले जानकारी दिएका छन् ।

नेपालमा गरेको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली लगानीकर्ता तथा कम्पनीलाई पुनः निर्देशन दिएको छ । संयुक्त राष्ट्र सङ्घ (युएन)ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि उत्तर कोरियालाई नेपालमा गरेको लगानी फिर्ता लैजान निर्देशन दिइएको सरकारको दाबी छ ।

सो बरारको लगानी फिर्ता लैजान अक्टुबरसम्मको समय दिइएको छ’ लुइँटेलले भने ‘विभागले असोजदेखि नै उत्तर कोरियालीलाई भिसा थप गरेको छैन ।’ यो सँगै उत्तर कोरियाली नागरिकका लागि नेपालमा लगानीको बाटो बन्द भएको थियो । उत्तर कोरियाली नागरिकलाई लगानीका लागि प्रतिबन्ध गरिए पनि त्यसअघि दर्ता भइसकेका उद्योग भने सञ्चालनमा थिए ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को असार १५ गतेको निर्णयले सदस्य राष्ट्रमा उत्तर कोरियाको लगानी फिर्ता लैजान निर्देशन दिएको लुइँटेलको जानकारी दिएका छन् । हालसम्म उद्योग बन्द नभएको जानकारी आएपछि परराष्ट्रले फेरि अक्टुबरसम्म म्याद थप गरिदिएको हो ।

‘अब सो अनुसार उत्तर कोरियालीको लगानी रहेका कम्पनीले असोज १६ गतेभित्र नेपालमा रहेको आफ्नो स्वामित्व बिक्री गरेर लगानी फिर्ता भएको वा कम्पनी बन्द भएको सूचना विभागलाई पठाउनु पर्ने छ’ लुइँटेलले भने ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ४४ बजे