९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बज्रवाराही चापागाँउ अस्पताल सञ्चालनमा


२ आश्विन २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
२ असोज ०७६, ललितपुर । बुधबार ललितपुरको चापागाँउ बज्रबाराहीस्थित बज्रवाराही चापागाँउ अस्पतालको उद्घाटन गरिएको छ ।
बज्रवाराहीमा गोदावरी नगरपालिकाका मेयर जगेन्द्र महर्जनले व्यानर अनावरण गरेर अस्पतालको शुभारम्भ गरे । सरकारको ‘एक स्थानीय तह, एक सरकारी अस्पताल’ नीति अनुरुप गोदावरी नगरपालिकाभित्र ‘बज्रवाराही चापागाउँ अस्पताल’को उद्घाटन गरिएको बताइएको छ ।
केही समयअघि पाटन जिल्ला अस्पतालको लागि यो संरचना निर्माण गरिएको भए पनि विभिन्न विवादका कारण अस्पताल सुचारु हुन सकेको थिएन ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार अहिले बज्रवाराही सामुदायिक अस्पतालमा पाटन जिल्ला अस्पताका कर्मचारीलाई मिसाएर संचालन गरिएको हो । प्रदेश स्तरिय यो जिल्ला अस्पताल सञ्चालन नभएसम्म सर्मचारी र संरचना प्रयोग गरिएको मेयर गजेन्द्रले बताए ।


तत्कालीन स्वास्थमन्त्री गगन थापाको मन्त्रीस्तरिय निर्णयपछि ललितपुरको दोश्रो राजधानीको रुपमा चिनिएको चापागाँउमा स्तानान्तरण गरिएको थियो । यो अस्पतालसँगै बज्रवाराही सामुदायिक अस्पताल रहेको कारण सँगै एकै दुईवटा चलाउन नहुने र दुवैलाई गासेर चलाउनु पर्ने विषयमा विवाद भएको थियो । स्थानीय तह अन्र्तअस्पतालको उद्घाटन गर्दै गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले अस्पतालबाट प्रदान गर्ने सेवा सुविधा जनताले महशुस गर्ने खालको दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिए । अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यारत सम्पूर्ण कर्मचारीहरुलाई एक आपसमा सहकार्य गरी विरामीलाई सेवा प्रदान गर्न नगरप्रमुख महर्जनले निर्देशन दिएका हुन् ।
अस्पतालबाट प्रदान गरिने सेवाहरुमा ओपिडी, फार्मेसी, ल्याब, एक्सरे, प्रसुती सेवा, युएसजीलगायतका रहेका छन् । सरकारबाट प्रदान गरिने निःशुल्क औषधि तथा सेवा सुविधा अस्पतालबाट प्राप्त गर्न सकिने छ ।

यो अस्पताल १५ शैयाको हुनेछ । स्थानीय तह अन्र्तगत रहेको बज्रवाराही चापागाँउ सामुदायिक अस्पताल सञ्चालनपछि स्थानीय चापागाँउ,झरुवाराशी,ठेचो,लेले छम्पी,देविचौर,घुसेललगायद दक्षिण ललितपुरका ३ वटै गाँउपालिकालाई सुविधा पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहिबार  ९ : २५ बजे