११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डेङ्गु महामारी होइन ः चिकित्सक


२ आश्विन २०७६, बिहिबार  

0
Shares

चिकित्सकहरु ।

२ असोज ०७६, काठमाडौं । काठमाडौं, २ असोज । देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरका छन् । उनीहरुले डेङ्गुका कारण मृत भएका भनिएकाहरुको ज्यान जानुको कारण डेङ्गु नै हो भन्ने यकिन नभइसकेको बताए ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवका सल्लाहकार तथा जनस्वास्थ्य विज्ञ डा. के. के. राईले डेङ्गुबाट त्रसित हुनु नपर्ने बताए । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै उनले यसको रोकथामको उपाय रहेको बताए । उनले भने,‘डेङ्गु नियन्त्रणका लागि तीनै तहको सरकारले आवश्यक कदम चालिसकेको छ । लामखुट्टेको प्रजातिबाट सर्ने रोग भएकाले त्यस्ता लामखुट्टे बन्न नदिने उपायबारे व्यापक जनचेतना चलाइएको छ ।’
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु रोग त्रसित हुनुपर्ने खालको नभएपनि काठमाडौंलगायत देशका पहाडी भेगमा नयाँ भएकाले त्रास उत्पन्न भएको बताए ।
उनले भने,‘यो महामारी होईन, धेरै नेपालीका लागि नयाँ भएकाले त्रास उत्पन्न भएको हो ।’ डेङ्गु रोगको पहिचान गरी समयमै उपचारमा लाग्न सकिने बताउँदै उनले यो रोग निको हुने खालको भएको र एक अर्कालाई नसर्ने स्पष्ट पारे । उनले भने, ‘यो सरुवा रोग होइन ।’
सरुवा तथा संक्रामक रोग अनुसन्धान विशेषज्ञ डा.जीवनबहादुर शेरचनले पोथी लामखुट्टेले लीड गर्ने क्रममा मानिसलाई टोक्यो भने डेङ्गु रोग लाग्ने बताए ।
डेङ्गु रोग पोथी लामखुट्टेले टोक्यो र त्यो लामखुट्टे रोगी भएमात्र मानिसमा यो भाइरल सर्ने हुँदा यसमा धेरै नआत्तिन पनि उनले आग्रह गरे । लामखुट्टेले जापानीज इन्सेफेलाइटिस, स्क्रब टाइफस जस्ता रोग सार्ने गरेको उनले सुनाए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहिबार  १० : ३४ बजे