९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा २ हजारको लस्कर पदयात्रामा


३ आश्विन २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
३ असोज ०७६, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले भिजिट नेपाल २०२० को सन्र्दभ पारेर आयोजना गरेको वाकाथन शनिबार २ हजार ललितपुरबासीको सहभागितामा विशाल पदयात्रा शुरु हुँने भएको छ । ललितपुरका १४ किलोमिटर दुरीमा रहेका विभिन्न सम्पदा स्थल खोकनामा पुगेर पदयात्रा समाप्त हुदैछ ।
संघका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार पदयात्रा शनिबार विहान ६ बजे मंगलबजारबाट सुरु हुनेछ । मंगलबजारबाट ग्वार्को इमाडोल हुँदै पदयात्रा सिद्धिपुर, हरिसिद्धि, धापाखेल, ठेचो, बुंगमति हुँदै खोकना गएर समापन हुनेछ ।
वाकाथनको पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । पदयात्रीलाई विभिन्न सम्पदास्थलमा स्थानीयबासी परम्परागत भेष भूसासहित स्वागत गर्नेछन् । पदयात्रामा क्रममा सास्कृतिक वाजा र नाच समेत देखाइने उद्योग वााणिज्य संघका सदस्य मिलन शाक्यले बताए ।
कार्यक्रमको अन्तिम विन्दु खोकनामा विशेष कार्यक्रम सहित समापन हुनेछ । सहभागीलाई यहाँ समयबजी खुवाउने कार्यक्रम रहेको छ ।

पदयात्रामा डाक्टर इन्जिनियर, उद्योगी व्यापारी,पत्रकारसहित विभिन्न पेशासँग सम्बिन्धित व्यक्तिहरु सहभागी हुनेछन् । संघले पदयात्राको लागि दर्ता शुल्क ५ सय रुपैयाँ तोकेकोे छ । यसबाट उठेको रकम पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणमा खर्च हुने हुनेछ ।

पदयात्राको नक्सा।

नेवार समुदायले इष्ट देवताका रुपमा पुज्ने भीमसेन मन्दिर २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

भीमसेन मन्दिर पुनर्निर्माणको लागत ४ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएको छ । यसका लागि ललितपुर उद्योग वाणिज्य संघले अगुवाई गरिरहेकोे छ । संघले १० लाख रुपैयाँ राखेर सुरु गरेको चन्दा संकलन अभियान अहिले चलिरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ११ : ५९ बजे