१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा सम्पदा पदयात्रा शुरु


४ आश्विन २०७६, शनिबार  

0
Shares

बेलुन उडाएर पदयात्रा शुभारम्भ गरिदै ।

लपु संवाददाता
४ असोज ०७६, ललितपुर । ललितपुर मंगलबजारबाट शनिबार विहान वाकाथन (पदयात्रा) शुरु भएको छ । शनिबार विहान ६ बजे मंगलबजारमा पर्यटनमनत्री योगेश भट्टराई लगायतले बेलुन उडाएर पदयात्रा शुरु गरे । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा ललितपुरका १४ किलोमिटर दुरीमा रहेका विभिन्न सम्पदा स्थलको पदयात्रा शुरु गरिएको हो । पदयात्रा खोकनामा पुगेर पदयात्रा समाप्त हुदैछ ।
मंगलबजारबाट ग्वार्को इमाडोल हुँदै पदयात्रा सिद्धिपुर, हरिसिद्धि, धापाखेल, ठेचो, बुंगमति हुँदै खोकना गएर समापन हुनेछ । ललितपुरको पर्यटन प्रवद्धन गर्न र पाटन सरवारपरिसरमा रहेको भिमसेन मन्दिर पुर्ननिर्माणको सहयोगका लागि यो पदयात्रा आयोजना गरिएको हो ।

पदयात्रा शुभारम्भ गर्ने क्रममा पर्यटनमनत्री योगेश भट्टराई ।

पदयात्रीलाई विभिन्न सम्पदास्थलमा स्थानीयबासी परम्परागत भेष भूसासहित स्वागत गर्नेछन् । पदयात्रामा क्रममा सास्कृतिक वाजा र नाच समेत देखाइने उद्योग वााणिज्य संघका सदस्य मिलन शाक्यले बताए ।
कार्यक्रमको अन्तिम विन्दु खोकनामा विशेष कार्यक्रम सहित समापन हुनेछ । सहभागीलाई यहाँ समयबजी खुवाउने कार्यक्रम रहेको छ ।

पदयात्रामा सहभागी नेवारी भेषभुसामा सझिएका युवतीहरु ।

पदयात्रामा डाक्टर इन्जिनियर, उद्योगी व्यापारी,पत्रकारसहित विभिन्न पेशासँग सम्बिन्धित व्यक्तिहरु सहभागी छन् । संघले पदयात्राको लागि दर्ता शुल्क ५ सय रुपैयाँ तोकेको थियो । यसबाट उठेको रकम पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणमा खर्च हुने हुनेछ ।
नेवार समुदायले इष्ट देवताका रुपमा पुज्ने भीमसेन मन्दिर २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

पदयात्रामा सहभागीहरु सेल्फी खिच्दै ।

भीमसेन मन्दिर पुनर्निर्माणको लागत ४ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएको छ । यसका लागि ललितपुर उद्योग वाणिज्य संघले अगुवाई गरिरहेकोे छ । संघले १० लाख रुपैयाँ राखेर सुरु गरेको चन्दा संकलन अभियान अहिले चलिरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ४७ बजे