१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अराजकको प्रतिवाद गर्ने सयम हो – प्रचण्ड


५ आश्विन २०७६, आइतबार  

0
Shares

५ असाेज ०७६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्थाप्रति कुनै खतरा नरहेको पनिन् । व्यवस्थाप्रति खतरा नरहेको र अराजक तत्वहरुको प्रतिवाद गर्नु पर्ने समय आएको बताए ।

पछिल्लो केही दिनयता उच्छृंखल गतिविधिले व्यवस्थाप्रति नै प्रहार भएको भन्दै प्रचण्डले त्यसको प्रतिवाद गर्नुपर्ने समयआएको बताएका छन् ।

आइतबार विराटनगर पुगेका प्रचण्डले व्यवस्थाप्रति अहिले नै खतरा नरहेको बताउँदै अराजक तथा उच्छृंखल तत्वको गतिविधि बढेकाले त्यसकोको प्रतिवाद गर्नुपर्ने समय आइसकेको उनको ठहर छ ।

संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेको दाबी गरे । अराजक गतिविधि गर्नेलाई नेपाली कांग्रेसले सघाएको आफूहरुले औपचारिकरुपमा जानकारी नपाएको बताउँदै केही व्यक्तिहरुले गर्ने कुरा बेग्लै भएको बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ३ : १४ बजे