१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


दशैँ, तिहारकाे अग्रिम टिकट दुई दिनमा २० हजारले लिए


७ आश्विन २०७६, मंगलबार  

0
Shares

७ असोज ०७६, काठमाडौं ।यसपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिइसकेका छन् ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २६ गते भएको निर्णयअनुसार  असोज ५ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले लामो दूरीका सवारीसाधनलाई मात्र अग्रिम टिकट खुलाख गरिएकाेमा आइतबार १४ हजार र सोमबार छ हजार यात्रुहरूले अग्रिम टिकट लिएकाे जानकारी दिनु भयाे । यसै पृथ्वी राजमार्गअन्तर्गत पर्ने गोरखा, पोखरा, लमजुङ, बागलुङलगाएतका ठाउँमा जाने सवारीसाधनका लागि  असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने महाप्रबन्धक सुनिलले बताउनु भयो । टिकट बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म वितरण गर्ने गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताउनुभयो । “दशैँमा झण्डै २५ लाख हाराहारीमा यात्रु उपत्यका बाहिरिने भएकाले हामीले सवारीसाधनको राम्रो व्यवस्था मिलाएका छौँ”, उहाँले बताउनु भयाे ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ४० बजे