४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कक्षा ११ को परीक्षाफल सार्वजनिक


७ आश्विन २०७६, मंगलबार  

0
Shares

७ असोज २०७६, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित र आंशिक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो ।

बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए ।

बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा नियमिततर्फ ३,४९,६०३, ग्रेडवृद्धितर्फ १ लाख ४२ हजार ३ सय ४५ र आंशिकतर्फ १७ हजार १०४ परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमएस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।

बोर्डले ग्रेड वृद्धि अर्थात् पूरक परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । कात्तिक ३० गते शनिबार र मंसिर १ गते आइतबार पूरक परीक्षा हुने छ ।

कात्तिक ३० गते शनिबारको दिन अनिवार्य अंग्रेजीको पूरक परीक्षा हुने छ । यसैगरी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा पनि सोही दिन हुने बोर्डले जनाएको छ ।

मंसिर १ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ३ : २३ बजे