१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर शहरमा आयो मोवाइलबाट चल्ने ट्राफिक बत्ती


८ आश्विन २०७६, बुधबार  

0
Shares

मोवाइलमार्फत ट्राफिक लाइट चलाएर शुभारम्भ गर्दै वडाध्यक्ष शाक्य ।

८ असोज ०७६, ललितपुर । ललितपुरको मंगलबजार महापालमा ट्राफिक बत्ती जडान गरिएको छ । अत्याधुनिक प्रविधिमा आधारित इन्टेलिजेन्ट ट्राफिक बत्ती अनलाइन, मोवाइल एप्स वा रिमोट कन्ट्रोलको माध्यमबाट चलाउन सकिन्छ ।
बुधबार ललितपुर महानगर वडा नं. १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले मोबाईलबाट एप्सको बटन थिचेर सो ट्राफिक लाइटको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै शाक्यले यो लाइटले भ्रमण बर्षमा आउने पर्यटकहरुलाई सुविधा पुग्ने बताए ।

महापालमा सडक बत्ती बलेपछि ।

अत्याधुनिक इन्टेलिजेन्ट ट्राफिक बत्ती तन्त्र भेन्चर्स प्रा.लि जडान गरेको हो । ५ वर्षसम्म यो बत्तीको यन्त्रले नै रेखदेख गर्नेछ । यो बत्ती जडान गर्न १७ लाखको लागेको बताइएको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख राजेश सिलवाल मंगलबजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग पुगेको भन्दै नगरपालिकालाई धन्यवाद दिए ।
यो बत्ती एक हप्तासम्म परिक्षण गरिनेछ भने अर्को साताबाट नियमित रुपमा सञ्चालन गरिने बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ६ : ४० बजे