११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


पिटर काले सहित १२ जना ह्याकर गिराेह सार्वजिनक


९ आश्विन २०७६, बिहिबार  

0
Shares

९ असाेज ०७६ ललितपुर ।कृषि विकास बैंक सिस्टम ह्याक गरी रकम चोरी गर्ने १२ जनालाई प्रहरीले बुधवार सार्वजनिक गरेको छ । प्रहरीले उक्त बैंकबाट क्रेडेन्सियल ह्याकिंग गरी रकम निकालिरहेको समयमा रकम चोर्ने गिरोहलाई पक्राउ गर्दै उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैया बरामद भएको प्रहरीले जनायको छ ।
महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उक्त चोरीमा संलग्न एकै परिवारका तीन जनासहित १२ जनालाई सार्वजनिक गरेको छ भन्ने साथै पक्राउ पर्नेमा एकै परीवारका आमा छोरा र छोरीसमेत रहेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटका लावाङ तामाङ, रसुवाकी लक्ष्मी लामा, तारकेश्वरका सञ्जय घले, रसुवाकी निर्मला तामाङ, सोही ठाउँकी निमा तामाङ, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारत कलकत्ताका शुबंकर पञ्जा र कैलालीका चन्द्र बहादुर बुढा छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेका चार जनामध्ये एकले मुखमा लगाएको मास्क खोलेका थिए । मास्क लगाउनु नि भन्दा उनले ‘मास्क किन लगाउने ? मेरो अधिकार हो ।’ भन्दै उल्टै पत्रकार र प्रहरीलाई प्रतिप्रश्न गरे । उनी थिए नुवाकोटको मेघपा गाउँपालिकाका लवाङ तामाङ हुन।

 

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ७ : ४८ बजे