११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दशैंका लागि बजारमा नयाँ नोट


१० आश्विन २०७६, शुक्रबार  

0
Shares

नयाँ नोट ।

१० असोज २०७६,काठमाडौं । शुक्रबारबाट राजधानीलगायत देशका विभिन्न भू–भागबाट दशैंको लागि नयाँ नोट सर्वसाधारणहरुका लागि साट्न सुविधा दिइने भएको छ । राष्ट्र बैंकले नेपालीहरुको चाड दशैंको अवसर पारेर नयाँ नोट बजारमा ल्याउने गरेको छ ।
क्ेही बर्षअघिसम्म नेपाल राष्ट्र बैंकका थापाथली स्थित कार्यालयबाट सर्वसाधारणहरुलाई नयाँ नोट साट्न दिइने गरिउको थियो भने केही सिमित बैंकलाई नोट साट्न दिइन्थ्यो ।
तर सर्वसाधारणहरुको भीड बढेपछि गतबर्षबाट देशभरका अधिकाशं बैंक मार्फत नोट साट्ने सुविधा दिइएको छ ।
राष्ट्र बैंकको केन्द्रीय बैंकले मुद्रा व्यवस्थापन विभागका बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट साट्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
साथै सरकारी बैकहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौं उपत्यकामा रहेका बिभिन्न शाखाबाट एक व्यक्तिले रु. ५, १०, २०, ५० र १०० दरका १८ हजार ५ सय रुपैयाँ बराबरका नयाँ नोट साट्न पाउनेछन् ।
नयाँ नोट साट्नका नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर,कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक र राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोठिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट दिइनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : ४५ बजे