८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आज बिहान वर्षा र दिन भर बदली हने सम्भावना


११ आश्विन २०७६, शनिबार  

0
Shares

११ असाेज ०७६,ललितपुर।आज उपत्यका लगायत अन्य ठाउँमा सामान्यदेखि पूर्णतया बदली रही पूर्वदेखि पश्चिमसम्मका केही ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरी सामान्य बदली रहने। देशका पूर्वदेखि पश्चिम सम्मकै केही– केही ठाउँमा मेघ गर्जन–चट्टयांगसहित वर्षाको सम्भावना रहेको छ । देशका मध्य तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनु भयो ।

यस्तै, राति देशभरी सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका पूर्वदेखि पश्चिमसम्मकै अधिकांश स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पूर्वदेखि पश्चिम सम्मकै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानमा मेघ गर्जन–चट्टयांग सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा मध्य पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । जसका कारणले सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने तथा पहाडि भू–भागमा पहिरो जान सक्ने हुनाले सतर्कता अपनाउन विभागको अन्रोध गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ५७ बजे