११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दशैं तिहार र छठमा नेपाल प्रहरीले बिदा नपाउने


१३ आश्विन २०७६, सोमबार  

0
Shares

१३ असाेज ०७६, ललितपुर । प्रहरी प्रधान कार्यालयले आन्तरिक र प्रशासन कार्यमा खटिएकाबाहेक दशैं, तिहार, छठ लगायत शान्तिसुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा परिचालन जनशक्तिलाई घरबिदा नदिन महानगरिय प्रहरीसहित सातवटा प्रदेश र जिल्लाका प्रहरी कार्यालयलाई पत्रचार गरेको छ ।

सुत्केरी स्याहार र क्रिया बिदाबाहेक कसैलाई पनि घरबिदामा दशैं अवधिभर नछाड्न देशभरका कार्यालयमा पत्रचार गरिएको प्रधान कार्यालयले बताएको छ । घरबिदामा जान नपाएका फौजले ब्यारेकमै दशैं मनाउनेछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : १३ बजे