२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


शक्तिपिठ बज्रवाराहीमा दर्शनार्थीको भीड


१३ आश्विन २०७६, सोमबार  

0
Shares

बज्रवाराहीमा दर्शन गर्न पुगेका दर्शनार्थी । तस्विर ः ललितपुर खबर

ललितपुरखबर फोटोग्राफी
१३ असोज ०७६, बज्रवाराही । नवरात्र शुरु भएसँगै ललितपुर बज्रवाराही मन्दिरमा हिन्दु धर्मालम्बीहरुको भीड बढ्न थालेको छ । नवरात्र भरि राजधानीका विभिन्न शक्तिपिठहरुमा हिन्दु धर्मालम्बीहरुको लाइन लाग्छ ।
विहानैदेखि चापागाँउ,झरुवाराशी,ठेचो,लेलेलगायतका स्थानीय युवायुवती बज्रवाराही पुग्ने गर्दछन् । नवरात्र भर याहाँ खशी बोका,हाँस र कुखुरालगायत बली दिने गरिन्छ ।


वडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गर्ने गरिन्छ । बडादसैँमा पहिलो दिन आइतबार घरघरमा घटस्थापना गरी दियो कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी देविहरु आह्वान गरी पूजा आरम्भ गरिन्छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आजा चर्ने चलन छ ।


पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गापूज ागर्ने गरिन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ४९ बजे