१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आईसिसीले आफैं प्रतिबन्ध फुकुवा गर्छ ः चन्द (भिडियो)


१३ आश्विन २०७६, सोमबार  

0
Shares

नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द

१३ असोज ०७६, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आईसिसीले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास दिलाएका छन् । आईसिसीकै सल्लाह र निर्देशनअनुसार काम भैरहेकोले उनले आईसिसीले नै अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ ।
उनले भने,‘मलाई लाग्दैन् कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसिसीलाई राम्रोसँग थाहा छ । आईसिसीले पनि नेपाललाई बचाउन खोजेको छ । नेपालको पक्षमा निर्णय गर्छ ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको सुनाए । उनले भने,‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।’

उनले सरकारी हस्तक्षेप भएको, र स्वतन्त्र र निश्पक्ष चुनाव नभएकोले आईसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको भन्दै अहिले आईसिसीकै निर्देशनअनुसार आफूहरुले स्वतन्त्र र निश्पक्ष ढंगले सहमतिमै निर्वाचन सम्पन्न गरेकोले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे । उनले भने,‘अन्य कुराहरु सुशासनलगायतका काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाको लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन् । हामीले त आईसिसीले जे भन्यो त्यही त्यही खुरुखुरु गरेका हौं ।’
अब नेपाली क्रिकेटले नयाँ फड्को मार्छ’
अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए । ‘हामी यो क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं ।’–उनले थपे । चन्दले खेलाडी छनोटको आधार तय गर्ने बताउँदै भने,‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानि ढंगले खेलाडी छनोट गरिएको छ । अब व्यवस्थित ढंगले खेलाडी छनोट गछौं ।’
पछिल्लो समय खेलमैदान पनि निर्माण भैरहेको सुनाउँदै अब क्रिकेटले गति लिने पनि बताए । उनले भने,‘म यही मञ्चबाट चाँडोभन्दा चाँडो खेल मैदानहरु निर्माण गर्नको लागि सरकार, राखेप, प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्दर्छु । प्रत्येक गाउँपालिका र नगरपालिकामा करोडौंको खेलमैदानहरु बनेका छन् । दुर्गम क्षेत्रमा पनि खेलमैदानको लागि त्यत्रो लगानी गरेको छ । यसमा एउटा क्रेज छ । त्यसलाई व्यवस्थित् र स्तरीय बनाउनको लागि सबैको साथ र भूमिका अपरिहार्य छ ।’

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : ५२ बजे