१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभामुख महराले पदबाट दिए राजीनामा


१४ आश्विन २०७६, मंगलबार  

0
Shares

१४ असोज ०७६ काठमाण्डौ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ। सभामुख महराले मंगलबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राजीनामा दिनुभएको हो ।

सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार आरोप लागेपछि प्रधानमन्त्रीको निर्देशन र पार्टीको निर्णय अनुसार पदबाट राजीनामा दिनुभएको हो । नेकपाको मंगलबार बसेको सचिवालय बैठक महरालाई सभामुख र सांसद पद छोड्न सुझाव दिएको थियो । महराले प्रकरणबारे स्वतन्त्र छानविनको लागि नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । संसद सचिवालयकी कर्मचारीले आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको आरोप लगाएकी थिइन् । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यही युनिटमा काजमा कार्यरत छिन् ।

सभामुख महरामाथि अप्रत्यासित रुपमा दुर्व्यवहार आरोप लगोपति प्रधानमन्न्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहान त्यसबारे छलफल गर्नुभएको थियो । अध्यक्ष दाहालसँगको छलफलपछि प्रधानमन्त्रीले सभामुखलाई पदबाट राजीनामा दिन निर्देशन दिनुभएको हो ।

नेकपाले सभामुखको यौन दुर्व्यवहार घटनालाई गम्भीर रुपमा लिएको छ । नेकपाले त्यसबारे छलफल गर्न बिहान ११ बजे सचिवालय बैठक ढाकेको थियो । बैठकले महरालाई सभामुखबाट हटाउने निर्णय गरेको छ । महराले सभामुखबाट प्रधानमन्त्रीको निर्देशन र पार्टीको निर्णय भए लगतैसभामुखबाट राजीनामा दिनुभएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ३ : ३४ बजे