८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माेटरसाइकल दुर्घटनामा परी १ काे मृत्यु २ जना घाईते


१७ आश्विन २०७६, शुक्रबार  

0
Shares

१७असाेज ०७६,ललितपुर । झापाको कन्काई नगरपालिका १ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ७९०४ नम्बरका मोटरसाईकल चालक धरान(१३ का १८ बर्षीय अजिव राई र पछाडी सवार रहेका २२ बर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाईकल चालक बिराटनगर ७ का ४५ बर्षीय डम्बर बहादुर खड्का घाईते भएका छन् ।

घाईते ३ जनालाई नै उपचारको लागि बिर्तामोडको बि।एण्ड।सी। अस्पताल लैजाने क्रममा ७९०४ नम्बरका मोटरसाईकल चालक अजिव राईको बाटोमा नै मृत्यु भएको हो । घाईते २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने दुवै मोटरसाईकल चालक ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ११ : ०३ बजे