१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दशैको सातौ दिन कालरात्रिकाे आराधना, घरघमा फूलपाती भित्राइँदै


१८ आश्विन २०७६, शनिबार  

0
Shares

१८असोज ०७६, ललितपुर। दशैकाे सातौँ दिन अर्थात् मंगलबार महासप्तमी। नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ।

दशैमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप दशैकाे सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ। धर्मशास्त्रअनुसार कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छिन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छिन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ। चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छिन्। स्वरूप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ। महासप्तमीका दिन विद्याकी अधिष्ठात्री महासरस्वतीको विशेष पूजा गरिन्छ।

यस्तै भद्रकालीको आराधना पनि गरिन्छ। विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा पनि चल्छ। शक्तिपीठ तथा जमरा राखिएका दशैँघरमा महासप्तमीको बिहान वा दिउँसोको शुभसाइतमा नवपत्रिका भित्र्याइन्छ। यसलाई बोलीचालीमा फूलपाती भनिन्छ। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिका पातलाई नवपत्रिका भनिन्छ। यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराउने र प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गर्ने विधान छ।

यो अवसरमा काठमाडौँको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याइन्छ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ७ : २४ बजे